अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु
सोमबार, १३ भदौ २०७९, १७ : ५९
अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन्।
अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण गत एक महिनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?