बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

लन्डनमा भएको ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ मा बलर्स स्ल्यामर्स विजयी

सोमबार, १३ भदौ २०७९, १७ : ५५
सोमबार, १३ भदौ २०७९

लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा शनिबार ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ सम्पन्न भयो । सन् २००७ देखि नै बेलायतको नेपाली समुदायमा बास्केटबल प्रतियोगिता हुने गरे पनि लिग खेलाइएको यो पहिलो भएको आयोजकले जनाएका छन् ।

स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच शनिबार भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्स विजयी भएको हो । बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर विजयी भने स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ । तेश्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्न्याचर्सबीच भएको खेलमा वाटरमेलन स्न्याचर्सले ९० अंक ल्याइ तृतीय भयो भने डिबीएसले ६३ अंक प्राप्त गर्यो । महिलातर्फ दुईमात्र टिम ‘म खेल्छु १’ र ‘म खेल्छु २’ बीच भएको मैत्रीपूर्ण खेलमा ‘म खेल्छु २’ ले ४३ अंक ल्याएर जीत हासिल गर्यो भने अर्को टिमले २० स्कोर ल्यायो । 

त्यसैगरि, फाइनल्स् एमभिपी अवार्ड बलर्स स्ल्यामर्सका अनिस तामाङले पाए भने लिग टप स्कोरर साउथ आसफोर्ड वुल्भस्का एमानुयल अगस्टिनो र लिग थ्री प्वाइन्ट लिडर स्यान्डहर्स्ट निक्सका प्रसान राई भए । तीन सय भन्दा बढी दर्शकको उपस्थितिमा भएको फाइनल खेलमा अतिथीहरु दूतावासका अट्याची गजेन्द्र राई, हिलिङडनका डेपुटी मेयर शेयार अहमद वेलाना, बार्नेट काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामी लगायतको सहभागिता रहेको थियो । अतिथिहरूद्वारा विजयी खेलाडीहरुलाई  शिल्ड, मेडल र ट्रफी प्रदान गरिएको थियो। यसैगरी कार्यक्रममा सहभागी अतिथीहरुलाई पनि सम्मान गरिएको  थियो ।

नेपाल बास्केटबल यूकेले १७ साता अघि शुरु गरेको लिगमा ८ नेपाली टिमलाई लन्डनको विभिन्न स्थानहरु अक्सब्रीज, मेडस्टोन, फेल्थाम, क्याम्बर्ली, जिलिङहम र फोकस्टन केन्ट शहरमा खेल खेलाइएको थियो । नेपाल बास्केटबल युकेका सचिव भुवन लिम्बुले बेलायतको व्यस्त समयमा लामो अवधिसम्म खेल खेलाउन चुनौती र खर्चिलो भएपनि खेलाडी, दर्शक र प्रायोजकको साथ र समन्वयले लिग सफल भएको बताए । आउँदो वर्ष अझ व्यवस्थित र व्यवसायिक बनाइने पनि लिम्बुले बताए । 

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले लिगको मुख्य प्रायोजक गरेको थियो । नेपाली युवालाई अवसर सिर्जना गरी बास्केटबलमार्फत उनीहरूलाई कुलतमा नलाग्न प्रेरित गर्ने मुख्य उद्देश्य रहेको ए स्टार फाइनान्सियल सोलुसन्स का प्रबन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दलार्मीले बताए । दोस्रो पुस्तालाई लक्षित गरेर विगतमा पनि विभिन्न कार्यक्रम गर्दै आएको र त्यसलाई आफूले निरन्तरता दिने दलार्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप