महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति वितरण
सोमबार, १३ भदौ २०७९, १७ : ४४
महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा आठमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व.लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित सो छात्रवृत्ति उनका सुपुत्र तथा बैंकका संस्थापक राजेशबाबु श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
धनुषा जिल्ला, धवौली स्थायी घर भएका सन्तोषकुमार मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी