आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका नेता जनमत पार्टीमा प्रवेश

सोमबार, १३ भदौ २०७९, १७ : ३१
सोमबार, १३ भदौ २०७९

जनता समाजवादी पार्टी (जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा  नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रमका बीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी पनि पार्टी प्रवेश गरेको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए ।

सो क्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको उनको भनाइ छ ।  चुनावको मिति नजिकिएसँगै जनमत पार्टीले चुनावी गतिविधिलाई तीव्रता दिएको पनि सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप