विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित
विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेसँगै परिषद्ले वार्ताका लागि समिति गठन गरेको हो । अब शिक्षा मन्त्रालयले वार्ता कमिटी बनाएपछि औपचारिक छलफल प्रारम्भ हुने बताइएको छ।
गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए । परिषद्ले पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएको छ ।
परिषद्को निर्णयसँगै बन्द रहेका सबै सामुदायिक विद्यालय खुला हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म