आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत

सोमबार, १३ भदौ २०७९, १७ : १७
सोमबार, १३ भदौ २०७९

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ स्वीकृत गरेको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो । 

सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।  प्रतिनिधिसभाको अर्को बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप