मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
सोमबार, १३ भदौ २०७९, १६ : ५४
१
अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।
नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन