बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

माओवादीले संघमा ६०, प्रदेशमा १२० दाबी गरेको छ : प्रचण्ड

सोमबार, १३ भदौ २०७९, २२ : ३४
सोमबार, १३ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे । 

‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना हुन्छ । ती सबै एउटै पार्टीको भागमा पर्ने होइन । हाम्रो पार्टीका साथीहरुले कार्यदलमा ६० सिटभन्दा घट्न सकिँदैन भनिरहनुभएको छ । प्रदेशमा १२० जति होला’ प्रचण्डले भने ।  आफूले दाबी नगरेको बताउँदै प्रचण्डले कार्यदलमा पार्टीका नेताले राखेको बताए । स्थानीय चुनावमा टिकट दिने विषयमा भद्रगोल भएको विषयमा प्रचण्डले असन्तुष्टि पोखे ।

अब संघ र प्रदेशको टिकटमा आफैंले हस्ताक्षर गरेर टिकट दिने बताए । ‘संघ र प्रदेशमा यति थोरै हुन्छ । यति आफै सहि गरी हाल्छु । अरुलाई सही गर भन्नै पर्दैन ।  स्थानीय चुनावको जस्तै तछाड र मछाड हुने छैन’ प्रचण्डले भने, ‘आउने भदौ २० गतेसम्म प्रदेश र संघमा चुनाव लड्नेको नाम सिफारिस गर्नुहोला ।’ एउटै व्यक्तिले निर्णय गरेर भन्दा पनि सम्बन्धित कमिटीमा छलफल गरेर सर्वस्वीकार्य हुनेगरी प्रदेश र संघमा चुनाव लड्नेको नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरे । प्रदेशबाट चुनाव लड्नेको सिफारिस न्यायोचित ढंगले आएमा पार्टी हेडक्वार्टरले समेत हस्तक्षेप नगर्ने बचन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप