दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।
केहीदिन अघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ । अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ सङ्क्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । तीमध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो
-
अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना
-
खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरूले देशको ऐन कानुन मानेनन्