आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एएफसीद्वारा एन्फालाई ७ हजार डलर जरिवाना

सोमबार, १३ भदौ २०७९, २२ : ३१
सोमबार, १३ भदौ २०७९

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल सघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसी कुवेतमा भएको एएफसी एसियन कप छनोट प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एन्फालाई जरिवाना गरेको हो । 

एएफसीले एसियन कप छनोट अन्तर्गत जुन १४  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए । त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप