घट्दो तरलताका बाबजुद बैंकहरुले बढाए कर्जा लगानी
सोमबार, १३ भदौ २०७९, १६ : ०६
निरन्तर घट्दो दरमा रहेको तरलता (लगानी योग्य पुँजी) को अभावका बाबजुद पनि बैंकहरू लगानी बढाएका छन् । भदौ लागेसँगै बैंकहरुले कर्जा लगानीलाई प्राथमिकता दिएका हुन् । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार भदौ १ गतेदेखि भदौ १० गतेसम्म निक्षेप संकलनमा खासै प्रगति नहुँदा नहुँदै पनि बैंकहरुले तीन अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् ।
संघको रिपोर्ट अनुसार समीक्षा अवधिमा साउन मसान्तको भन्दा ७ अर्ब रुपैयाँले निक्षेप घट्दै बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । तर, सोही अवधिमा यता बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ८० अर्ब लगानी गरेका छन् ।
साउन मसान्तसम्म बैंकहरुले ४४ खर्ब ३३ अर्ब निक्षेप संकलन गर्दै ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड