मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

अग्नि ग्रुपद्वारा कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

सोमबार, १३ भदौ २०७९, १६ : ००
सोमबार, १३ भदौ २०७९

अग्नि ग्रुपले चितवनको कुरिन्टारमा महिन्द्राका गाडीहरूको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए। 

कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस्  सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप