शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

तीन स्टेपमा गठबन्धनभित्र भागबण्डा टुंगो लाग्छ : प्रचण्ड

पहिलो स्टेपको भाका बुधबारलाई
सोमबार, १३ भदौ २०७९, १५ : ५८
सोमबार, १३ भदौ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा पर्सी (बुधबार) सम्ममा सत्ता गठबन्धनभित्र सीट संख्या टुंगो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताए ।

‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ’, प्रचण्डले भने, ‘पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी,  कुन क्षेत्र काँग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ ।’ आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने प्रचण्डले दाबी गरे । चुनावको तीन स्टेप टुंगो लगाएर चुनावी अभियानमा लाग्ने प्रचण्डले बताए । 

उम्मेदवार टुंगो लगाउने विषयमा स्थानीय तहको जस्तो नहुने प्रचण्डले बताए । प्रचण्डले प्रदेश र संघमा व्यवस्थित रुपमा उम्मेदवार फाइनल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप