बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले चुनावी गठबन्धनको पक्षमा छैन, स्थानीयस्तरमा तालमेल गर्न तयार छौँ

सोमबार, १३ भदौ २०७९, १५ : ५५
सोमबार, १३ भदौ २०७९

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

तर, कुनै पनि प्रकारको  चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहो¥याए । उनले भने, ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं । हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गइराखेको छौं । स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलमा बारेमा हामी सदैव खुला छौं । तर चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं ।’

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजनीतिमा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गरे । उनले सो विधेयक राष्ट्रपति कहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे । महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताए ।

जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उनले बताए । महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप