बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई कांग्रेस नेताको प्रस्टीकरण– ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु छ

सोमबार, १३ भदौ २०७९, १५ : ५२
सोमबार, १३ भदौ २०७९

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीबीच छलफल भएको छ ।  सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । 

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीसँग भने, ‘नागरिकता विधेयका सन्दर्भमा उहाँका जिज्ञासा थिए । चुनावबारे पनि कुरा भएको छ ।’ कार्कीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आम निर्वाचन निष्पक्षमा रुपमा गर्न सरकारलाई सुझाव दिएको कार्कीको भनाइ छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री  देउवालाई बोलाएकी थिइन् ।

देउवा उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका थिए । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप