बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

श्रीलंकामा खर्च कटौती गर्ने तयारी

सोमबार, १३ भदौ २०७९, १५ : ४९
सोमबार, १३ भदौ २०७९

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन् । पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । 

विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक बस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकासिएको छ । जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि  राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन् ।  

रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए । श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर  खर्च गर्ने लक्ष्य राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप