बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा

सोमबार, १३ भदौ २०७९, १५ : ३९
सोमबार, १३ भदौ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ । नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् । 

साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।  त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ। सो मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप