महिला साफ : भेन्यु मेनेजरबाट चन्दको राजीनामा
सोमबार, १३ भदौ २०७९, १५ : ३६

महिला साफ च्याम्पियनसिपको भेन्यु मेनेजर रबिन्द्र चन्दले राजीनामा दिएका छन् । प्रतियोगिता सुरु हुन करिब एक साता बाँकी रहँदा भेन्यु मेनेजरबाट चन्दले राजीनामा दिएका हुन् ।
अखिल नेपाल फुटबल संघको साउन २६ गते बसेको बैठकले साफको भेन्यु मेनेजरमा कार्यसमिति सदस्य चन्दलाई नियुक्त गरेको थियो । चन्दले ई–मेलमार्फत अध्यक्ष (पंकजविक्रम नेम्वाङ), महासचिव किरण राई र साफ महिला च्याम्पियनसिप आयोजक समितिका संयोजक (वीर बहादुर खड्का)लाई ‘सिसी’ गरेर आइतबार राजीनामा दिएको एन्फा स्रोतले रातोपाटीलाई भन्यो ।
चन्द असार ६ गते सम्पन्न एन्फाको निर्वाचनमा नेम्वाङकै प्यानलबाट सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ