नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित
सोमबार, १३ भदौ २०७९, १५ : ३३

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो ।
तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा, म्यानु एण्ड प्रो र जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् ।
आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.४८ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा रुरु जलविद्युत कम्पनीका सेयरधनीहरुले ५.७० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ