कोरम नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
सोमबार, १३ भदौ २०७९, १५ : २८
१
प्रतिनिधिसभाको सोमबार बसेको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुख सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले गणपूरक संख्या नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
लगत्तै सभामुख सापकोटाले तीन मिनेटसम्म घण्टी बजाएर बैठकमा उपस्थित सांसद संख्या गणना गर्न निर्देशन दिएका थिए । गणनाका क्रममा बैठक सञ्चालनका लागि गणपूरक संख्या पुग्न कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा ४५ जनामात्र उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान