मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

आकाशमै दुई पाइलटबीच कुटाकुट

सोमबार, १३ भदौ २०७९, १५ : १८
सोमबार, १३ भदौ २०७९

एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।

कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए ।

स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए । 

विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?