शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘राजकुमारी’ निर्माण हुने

सोमबार, १३ भदौ २०७९, १४ : ५७
सोमबार, १३ भदौ २०७९

फिल्म ‘राजकुमारी’ निर्माण हुने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको जोडी फिल्ममा देख्न पाइनेछ । रूपेश तामाङको निर्देशन रहने फिल्ममा पुष्प हालै अनुबन्धित भएका हुन् भने पूजा केही अगाडि छनौटमा भएकी थिइन् ।

लभस्टोरी र एक्सन जनरामा निर्माण हुने फिल्म भदौ अन्तिमबाट छायांकन जाने तयारी हुँदैछ । अहिले फिल्मको लेखन अन्तिम चरणमा छ । भारतको कालिम्पोङमा छायांकन हुने फिल्म मार्फत पूजा र पुष्प दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यस अगाडि दुबै फिल्म ‘अझै पनि’ मा देखिएका थिए । पूजा र पुष्पले थुप्रै म्युजिक भिडियो भने हिट दिएका छन् । 

२०७६ सालमा निर्देशक रूपेशको फिल्म ‘मन परेसी पर्‍यो पर्‍यो’ घोषणा भएको थियो । फिल्ममा पूजा र आकाश श्रेष्ठ मुख्य भूमिका थियो । मुहूर्त समेत भएको फिल्म निर्माण भने हुन सकेको थिएन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप