सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किड्डी फेस अफ द इयर इन्टरनेशनलका प्रतियोगिले देखाए ट्यालेन्ट

सोमबार, १३ भदौ २०७९, १४ : ४३
सोमबार, १३ भदौ २०७९

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२२’ का प्रतियोगिले आफूमा रहेको ट्यालेन्ट देखाएका छन् । काठमाडौंको कमलपोखरीस्थित हुकुम दरबार भेन्युमा आयोजित ट्यालेन्ट शोमा सिनियर तथा जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, चित्रकला, स्केटिङ्ग, बेलीडान्स कल्चरल नृत्य लगायत विविध विषयमा कला प्रस्तुत गरेका थिए ।

कलाकार निर्देशक संयुक्त स्थापित, डान्स कोरियोग्राफर अनुप डंगोल, अभिनय प्रशिक्षक बृहसमान सुनुवार र फेसन डिजाइनर श्रीषा बैदार फैजु ट्यालेन्ट शोको निर्णायकमा रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण हो । प्रतियोगितामा १९ प्रतिस्पर्धी रहेको छन् । विभिन्न चरणबाट छनौट हुँदै फाइनलका लागि १९ छानिएका हुन् । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु रहेका छन् । प्रतियोगिताको फाइनल यही भाद्र २४ गते शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । 

प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकाश, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदाइत्व, समय व्यवस्थापन तथा अध्यायन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा भिड्नेछन् । प्रतियोगितामा शिर्षसहित विभिन्न उपविजेता छानिनेछ । प्रतियोगीताका विजेताले अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीतामा सहभागीको अलवा विभिन्न अवसर प्राप्त गर्न सक्ने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप