मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गीतकार पाण्डेको ‘मेरा सय गीतहरू’सार्वजनिक

सोमबार, १३ भदौ २०७९, १४ : ३८
सोमबार, १३ भदौ २०७९

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति सार्वजनिक भएको छ । उनले सो कृति गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो कृतिमार्फत समाजका विभिन्न क्षेत्रलाई गीतसङ्गीतसँग जोड्ने प्रयास गरेको पाण्डेले बताए । 

दुई दशकदेखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेकाका अरू धेरै चर्चित गीतहरू प्रकाशनमा आइसकेका छन् । चलचित्र ‘प्रसाद’को सुपर हिट गीत ‘वनकी चरी के भन्छे’ले त उनको गीत लेखनको उचाइलाई अझ धेरै माथि पुर्याएको थियो । शङ्का नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैँचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिनँदेखि पहिले दिल साट्ने कुरा भो लगायत उनका धेरै गीत प्रकाशित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप