सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

तीजको अवसरमा प्रभु क्यापिटलको विशेष छुट

सोमबार, १३ भदौ २०७९, १४ : २९
सोमबार, १३ भदौ २०७९

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्‍वर्या योजना” मा पिएमएस सेवा लिँदा  एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । अफर भदौ १४ देखि भदौ ३१ सम्म सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्ध हुनेहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० % नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।  यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० % छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप