शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीसँगको छलफलका लागि कांग्रेस नेता शीतल निवासमा

सोमबार, १३ भदौ २०७९, १४ : २६
सोमबार, १३ भदौ २०७९

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । 

नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् । 

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप