चालू पुँजी कर्जा मार्गदर्शनले उत्पादनमूलक उद्योगमा समस्या आउँछ – पूर्वका उद्योगी
उद्योग संगठन मोरङले चालू पूँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ का सम्वन्धमा आयोजनामा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताको बिषयलाई सुक्ष्म निगरानी राखी पूँजी पलायन गर्नेलाई कारबाहीको दायरा ल्याउनु सान्दर्भिक भएको बताए ।
तर, यो मार्गदर्शनले उत्पादनमुलक क्षेत्रको हकमा कुनैपनि किसिमको चालू पुजी कर्जाको सिमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चा पदार्थ खरिद गरि भण्डारण गर्ने प्रकृतिका उद्योगहरुलाई कर्जा सिमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।
यो व्यवस्थाले कच्चा पदार्थ आयात गर्ने उद्योगहरुको हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र बजारबाट पैसा आउन करिब ६ महिना चालू पु“जी होल्ड हुने भएकाले यो मार्गदर्शनको कार्यान्वयनबाट उद्योग व्यवसाय सञ्चालनमा कठिनाई हुने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको निर्देशक मीना पाण्डेले कुनै पनि नीति सार्वजनिक गर्दा नीतिको पृष्ठपोषण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले वर्तमान मार्गदर्शन कुनै प्रकारको अप्ठ्यारो सिर्जना नहुने स्पष्ट पारिन । उनले नीति परिवर्तन हुँदा के हुने हो भन्ने डर सिर्जना हुनु स्वभाविक भएको बताउँदै राष्ट्र बैंकले जारी गरेको चालू पु“जी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ले दीर्घकालिन कर्जा प्रवाहलाई सहज र पारदर्शी बनाई सबै क्षेत्रलाई फाइदा पुग्ने बताइन् ।