छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बीमा बापतको ५० प्रतिशत रकम तिरिदिने
छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बीमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बीमा गरिदिन लागेको हो ।
नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिँदै आएको छ ।
गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बीमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नौ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने ।
यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बीमा गर्न पाउने भएका छन् । स्वास्थ्य बीमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बीमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।
गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नौ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी