मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अभिनेत्री ऋचाले ‘मिसेस् नेपाल पिस’ छान्ने

सोमबार, १३ भदौ २०७९, १४ : ०९
सोमबार, १३ भदौ २०७९

‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज सम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभइकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यहि विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला हुने जानकारी दिएको छ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागिता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गर्ने आयोजक पक्षको विश्वास छ । 

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आबद्धता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा सञ्चारकर्मी एवम् फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् । 

विवाहित महिलाहरूमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप