सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाल र अष्ट्रेलिया परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

सोमबार, १३ भदौ २०७९, १३ : ५७
सोमबार, १३ भदौ २०७९

नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए । 

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ ।  बैठकमा नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप