बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा

सोमबार, १३ भदौ २०७९, १३ : ५३
सोमबार, १३ भदौ २०७९

भक्तपुर नगरपालिका–७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हो ।  न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए । 

नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताए । त्यसअनुरुप नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको उनले बताए ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप