बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियामा शक्तिशाली भूकम्प

सोमबार, १३ भदौ २०७९, १३ : ४२
सोमबार, १३ भदौ २०७९

मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ । 

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो । 

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रवाह रोकिएको थियो । भूकम्पको केन्द्रबिन्दु समुद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप