शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त

सोमबार, १३ भदौ २०७९, १२ : ५८
सोमबार, १३ भदौ २०७९

कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री कार्यालयका अनुसार सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।  प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप