कांग्रेस पदाधिकारीले राष्ट्रपति भण्डारीलाई भेट्दै
सोमबार, १३ भदौ २०७९, १२ : ५५
सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीको छलफल गर्न लागेका हो । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती