गगन थापाले भने– ‘प्रकाश’ को कथा निकै सशक्त छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’ को कथा निकै शसक्त रहेको बताएका छन् । आइतबार जमल स्थित विश्वज्योती चलचित्र भवनमा नाइट शो हेर्न पुगेका थापाले ‘प्रकाश’ ले धेरै कुराहरु भनेको छ भन्दै आफुलाई कथा नै निकै सशक्त लागेको बताए ।
‘जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो चलचित्रले यही बसेर जुम्ला देखाउन सक्षम छ’ उनले भने ‘यतिबेला संसदमा द्वन्द्वमा बेपत्ता नागरिकका सन्दर्भमा विद्येयक बनिरहेको छ । यही सन्दर्भमा ‘प्रकाश’ हेर्दा बेपत्ता नागरिकको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाए ।’
यति हजार मान्छे मरे, यति वेपत्ता भए भनेर सामान्यीकरण गर्दै गर्दा ती प्रत्येक वेपत्ता वा मृतकसँग प्रत्येक एउटा कथा जोडिएको छ, परिवार जोडिएको छ, समाज जोडिएको छ भन्दै थापाले ‘प्रकाश’ ले आफुलाई त्यसतर्फ पनि झकझकाएको जनाए ।
चलचित्रमा वर्गीय विभेदसहित अन्य धेरै कुराहरु पनि शसक्त प्रस्तुति छ । थापाले सबै नेपालीलाई चलचित्र हेर्न समेत आग्रह गरे । दिनेश राउतको निर्देशन रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको पृष्ठभूमिमा कथा भनेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा