काठमाडौंपछि पोखरा महानगरपालिका पनि तात्यो, पार्किङबारे ३५ दिने सूचना
पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाइरहेका बेला पोखराले पनि त्यस्तै अभियान थाल्न लागेको हो। काठमाडौंले पार्किङ प्रयोजनको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा लगाइएका संरचना हटाउन थालेको हो ।
यही क्रममा पोखरा महानगरपालिकाले पनि एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको लागि लगाउन घरधनीलाई भनेको हो ।
महानगर क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याएकाहरू खाली गरेर पार्किङ प्रयोजनमा ल्याउन भनेको हो । ३५ दिनभित्रमा खाली गरेर पार्किङको रूपमा प्रयोगमा नल्याए । कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।
पोखरा महानगर क्षेत्रमा करिब २५० वटा अन्डर ग्राउन्ड सहितका भवन छन् । त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन् । महानगर प्रमुख धनराज आचार्यले केही दिन अगाडि पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका थिए ।
महानगरपालिकामा एकद्वार प्रणालीको शुभारम्भ गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आचार्यले पार्किङ प्रयोजनका भवनलाई पार्किङमै प्रयोग गर्न सबैमा अनुरोध गरेका थिए ।
महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन उनको अनुरोध थियो । महानगरको आग्रहलाई अटेर गरे महानगर आफैले हटाउने र त्यस बापतको क्षतिपूर्तिसमेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते