शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘सम्हालिन्छ कहिले मन’ को टिकटक बनाउनेलाई एक तोला सुन !

सोमबार, १३ भदौ २०७९, १२ : २२
सोमबार, १३ भदौ २०७९

फिल्मको प्रचारप्रसारका लागि निर्माताहरु पछिल्लो समय बिभिन्न प्रतियोगिता समेत गर्न थालेका छन् । सोही क्रममा शुक्रबारबाट प्रदर्शनमा आउने सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले पनि टिकटक प्रतियोगिता सुरु गरेको छ । जसमा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।

निर्देशक थापाकाअनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले तीजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलर कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्नेछन् । पुरस्कार जित्नका लागि उक्त टिकटकमा ३ एसकेएम फिल्म अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले टिकटकमा धेरै भ्युज आउँछ । उसैले पुरस्कार जित्नेछ । २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ । 

महिला र पुरुषले संयुक्त वा छुट्टाछुट्टै रूपमा टिकटक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी  कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भएको छ ।  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्म  आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप