मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनसेलको नेटवर्क डाउन : दूरसञ्चार सेवा अवरुद्ध

सोमबार, १३ भदौ २०७९, १२ : १६
सोमबार, १३ भदौ २०७९

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो । सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन । 

समस्या के भएको बुझ्न पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले रातोपाटीलाई जानकारी दिए ।  ‘दूरसञ्चार सेवा प्रदायक एनसेलमा के भएको हो अहिलेसम्म जानकारी पाएका छैनौं । एनसेल नेटवर्कभित्र फोन लागिरहेको छैन, के भएको हो सो बुफ्न त्यसतर्फ कर्मचारी पठाइसकेका छौं’ घिमिरेले भने ।  यसबारेमा कम्पनीले समेत कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप