सरकारको हिसाब : १११ अर्बको आम्दानी, ४३ अर्ब खर्च
चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।
सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।
महालेखाका अनुसार संकलन भएको राजस्वमध्ये कर राजस्व ८७ अर्ब रुपैयाँ छ भने गैरकर राजस्व १० अर्ब रुपैयाँ छ । भदौ १२ गतेसम्ममा सरकारले ७९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ भने अन्य प्राप्ति १२ अर्ब रुपैयाँ छ । सरकारले प्राप्त गरेको आम्दानी वार्षिक लक्ष्यको ७.६४ प्रतिशत हो ।
आम्दानीको तुलनामा सरकारको खर्च भने कम छ । सरकारले चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा ४३ अर्ब रुपैयाँ खर्च गरेको छ । यो भनेको वार्षिक खर्च लक्ष्यको २.४२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
सरकारले गरेको खर्चमध्ये चालु बजेट खर्च २५ अर्ब रुपैयाँ छ भने पुँजीगत बजेट खर्च २ अर्ब ५७ करोड रुपैयाँ छ । यस्तै, वित्तीय व्यवस्था तर्फको बजेट भने १५ अर्ब रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा