बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

फिल्म ‘क्रस्ड वीङ्स’ अमेरिकाको रोयल स्टार फिल्म फेस्टिभलमा छनोट

सोमबार, १३ भदौ २०७९, ११ : ४१
सोमबार, १३ भदौ २०७९

ललित भुसालको निर्देशन रहेको फिल्म ‘क्रस्ड वीङ्स’ अमेरिकाको मिसिगन राज्यमा हुन लागेको प्रतिष्ठित रोयल स्टार फिल्म फेस्टिभलमा छानिएको छ । यही भदौ २६ गते (सेप्टेम्बर ११) मा आयोजना हुने फेस्टिभलमा फिल्म आधिकारिक रुपमा छनोट भएको निर्देशक भुसालले जानकारी दिए ।

विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी भएर पुरस्कारहरू समेत जित्न सफल फिल्म पनि प्राप्त गरिसकेको छ । सानैमा बालिकाको संवेदनशील यौनाङ्ग काटिदिने कु–प्रथामाथि बनेको छ । यो विषयमा निर्माण भएको विश्वकै पहिलो अंग्रेजी फिल्म दाबी गर्छन् निर्देशक भुसाल । फिल्मले बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न बाध्य पार्ने उनको दाबी छ । 

एसियाको कुनै गाउँमा हुर्किरहेकी एक बालिकाको दुर्भाग्यपूर्ण जीवनयात्रामा आधारित फिल्मलाई क्याम बुद्ध फिल्मस्ले निर्माण गरेको हो । बुटवल स्थायी घर भएका ललित सन् २००० देखि बेलायतमा छन् । उनले सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप