आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैकिङ कसूरमा १५ लाख बढी जरिवाना तोकिएर फरार युवक पक्राउ

सोमबार, १३ भदौ २०७९, ११ : ४१
सोमबार, १३ भदौ २०७९

प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्। विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । 

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवाना बापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिप्रका लमजुङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप