सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पनौतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सोमबार, १३ भदौ २०७९, ११ : ३०
सोमबार, १३ भदौ २०७९

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।  पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप