सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लिगलिगकोट म्याराथन दौड भदौ २५ गते

सोमबार, १३ भदौ २०७९, १० : २०
सोमबार, १३ भदौ २०७९

यस वर्षको लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड आगामी भदौ २५ गते आयोजना हुने भएको छ । नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा राष्ट्रव्यापी "लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथन दौड प्रतियोगिता-२०७९" सञ्चालन हुने जानकारी दिइएको हो  । 

यसमा भाग लिनका लागि क्यूआर कोडमार्फत् अनलाइन रजिस्ट्रेसन गर्न सकिने साथै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी दर्ता गर्न सकिने नेपाली सेनाले जानकारी दिएको छ ।भदौ ३ गतेदेखि २० गतेसम्ममा रजिस्ट्रेसन फर्म दर्ता गरिसक्नु पर्नेछ ।दर्ता शुल्क प्रति व्यक्ति पाँच सय रुपैयाँ तय गरिएको छ ।

म्याराथन दौड बिहान ६ बजे लिगलिगकोटबाट सुरु हुने छ । म्याराथन दौडको जम्मा दुरी: ४० कि.मि. रहनेछ । म्याराथन सञ्चालन हुने रुट लिगलिगकोट-आँपपिपल भञ्ज्याङ्ग-चित्रेपोखरी-छोप्राक-चोरकोटे-छेवेटार-पस्लाङ्ग-ठूलो आँगन हुँदै गोरखा दरबार रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप