शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

माओवादीले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा तोक्यो चुनावी कमान्डर

सोमबार, १३ भदौ २०७९, ०९ : ०६
सोमबार, १३ भदौ २०७९

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले  बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकले
चितवन-१ मा कन्चन खनाल, चितवन - २ मा घनश्याम दाहाल र चितवन - ३ मा  रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ ।

माओवादीले काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल 
१० मा अञ्जना विसङ्खेमा खटाउने भएको छ ।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड भने मुक्ति प्रधानले सम्हाल्ने छन् । यस्तै भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् । यता ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईले चुनावी नेतृत्व सम्हाल्ने छ ।

धादिङमा शालिकराम जम्कट्टेल, काभ्रेमा  सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी कमाण्ड गर्ने छन् । यस्तै दोलखा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् । 

माओवादीले सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट १  रहितबहादुर तामाङ  २ मा विमला सुवेदीले चुनावी कमाण्ड सम्हाल्न भनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप