चोलेन्द्रलाई सोधिने प्रश्न तयार गरिँदै
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ ।
आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ । महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले प्रस्तावमा उल्लेखित मूल विषय र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेटेर सचिवालयले प्रश्नावली बनाउने बताए । गौतमले भने, “मूल प्रश्न त महाभियोग प्रस्तावमा उल्लेख भएकै छन् । २१ विषय त्यहाँ समेटिएका छन् । अब प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई पनि समेटेर हामीले प्रश्नावलीका रूपमा विकास गर्छौँ । प्रश्न त त्यहाँ माननीयज्यूहरूले पनि तयार पार्नुहोला । हामीले विषय नछुटुन् भन्नका लागि सहजीकरणको दस्तावेज बनाउँछौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?