शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा (माओवादी केन्द्र) तनहुँको जिल्ला संयोजकमा आले

आइतबार, १२ भदौ २०७९, २२ : २१
आइतबार, १२ भदौ २०७९

नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा ओमराज आले चयन भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आज सम्पन्न बैठकले आलेलाई जिल्ला संयोजकमा चयन गरेको हो । आले यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका थिए । यसअघिका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने पार्टीको वैकल्पिक केन्द्रीय सदस्य चयन भएपछि आलेलाई संयोजकको जिम्मेवारी दिइएको हो । 

बैठकले निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीका संयोजक र इन्चार्जहरु पनि तोकेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । सो पार्टीको आज सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । 

यसअघिका अध्यक्ष शङ्करनारायण श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य चयन भएपछि सचिव रहेका कार्की अध्यक्षमा पदोन्नति भएका हुन् । पाटीको केन्द्रीय सर्कुलर अनुसार केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार  जिल्ला श्रेष्ठ जिल्ला कमिटीबाट बिदा भएका हुन् । बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गाकुमार श्रेष्ठ, उपसचिवमा  ऋषिराम पन्त, गजिन्द्रराज पन्थ र नरबहादुर रानाभाटसहित एक सय १५ सदस्यीय जिल्ला कमिटी पुनः गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप