बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, १२ भदौ २०७९, २१ : ५६
आइतबार, १२ भदौ २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा भित्री सडकबाट सिद्धार्थ राजमार्ग तर्फ आउँदै गरेको लु १६ प ६१३० नम्बर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आज  एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परि  लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगर बस्ने  समीक्षा खराल, सोही ठाउँका सुग्रिम खरालको उपचारको क्रममा मृत्यु छ। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप