बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्छ : जापान

आइतबार, १२ भदौ २०७९, २१ : ५२
आइतबार, १२ भदौ २०७९

जापानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाउने बताएको छ । आइतबार ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘ट्योक्यो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलोपमेन्ट’मा बोल्ने क्रममा जापानका प्रधानमन्त्री फुमियो किसिदाले यो कुरा उठाएका थिए । 

‘संयुक्त राष्ट्र संघले शान्ति र स्थायित्वका निम्ति प्रभावकारी काम गर्ने हो भने सम्पूर्ण संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषद्मा सुधार गरेर सबल बनाउन आवश्यक छ ,’ उनले भने । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा १५ सदस्य हुन्छन्, जसमध्ये पाँच स्थायी सदस्य हुन्छन् । तिनले मन नपरेको मुद्दामा हुने वहस तथा मतदानमा भिटो लगाउन सक्छन् । हाल अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत गरी पाँच स्थायी सदस्य छन् । 

त्यसबाहेक अन्य १० सदस्य भने दुई वर्षका लागि चुनिन्छन् । एक दिनअघि कोरोना संक्रमित भएका किशिदाले भिडियोमार्फत सम्मेलनलाई प्रत्यक्ष सम्बोधन गरेका थिए । जापानका प्रधानमन्त्रीले सम्बोधनमा अफ्रिकाको विकासको लागि ३० अर्ब डलरको लगानीको प्रतिवद्धता पनि जनाए । त्यस अवसरमा किशिदा विभिन्न क्षेत्रमा अलग सहायता कार्यक्रमको पनि घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप