बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न आदेश

आइतबार, १२ भदौ २०७९, २१ : १०
आइतबार, १२ भदौ २०७९

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ ।

 न्यायाधीश सपना प्रधान मल्लको इजलासले आइतबार उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको तिर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”

अध्यक्ष थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले दुवै पक्षको छलफलका लागि यही भदौ १४ गते बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप