नेपालमा ३० महिनाको अवधिमा कोरोनाबाट १२ हजारले ज्यान गुमाए
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पुगेको हो ।
नेपालमा पहिलो पटक २०७६ साल माघ १० गते पहिलोपल्ट कोराना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालय जानकारी दिएको थियो । साढे दुई वर्षको अवधिमा नेपालमा ९ वर्षसम्मका ५१ जना बालबालिकाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
यस्तै, १० देखि १९ वर्षसम्मका ५७ जनाले ज्यान गुमाए भने २० देखि २९ वर्षसम्मका ३८१ जनाले ज्यान गुमाएका छन् । क्रमशः ३० देखि ३९ वर्षसम्मका ९६८ तथा ४० देखि ४९ वर्ष समूहका १६६८ ले ज्यान गुमाएका छन् l ५० देखि ५९ उमेर समूहमा २३०७ जना, ६० देखि ७९ वर्ष समूहमा २५१५ जना तथा ७० देखि ७९ वर्षसम्मका २३९५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । ८० वर्षभन्दा माथिका १६४५ जना तथा १३ जना अज्ञात बर्ष समुहका मानिसको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
यो आँकडाअनुसार, साढे दुई वर्षको अवधिमा ६० देखि ६९ वर्ष समूहका सबैभन्दा धेरैले अर्थात् २५ सय १५ जनाले ज्यानका गुमाएका छन् । हाल आईसीयुमा ४४ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । संस्थागत आइसोलेसनमा १६२ र होम आइसोलेसनमा ३ हजार १५१ जना रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले संसारमा ६४ लाख ८७ हजार ४४५ जनको ज्यान गएको छ । अहिले विश्वभर १ करोड ८३ लाख ३२ हजार ३७७ जना सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार